Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो क्रममा वैदेशिक सहयोग - लक्ष्यको ३३ प्रतिशत मात्रै

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १४ : ४१ मा प्रकाशित

घट्दो क्रममा वैदेशिक सहयोग - लक्ष्यको ३३ प्रतिशत मात्रै

पछिल्लो समय नेपालमा वैदेशिक सहायता आउने क्रम  घट्दै गएको देखिएको छ। अर्थ मन्त्रालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो, तर सो मध्ये केवल २३ अर्ब ५३ करोड रुपैयाँ मात्र प्राप्त भएको छ।

यो कुल लक्ष्यको केवल ३२.६२ प्रतिशत हो।

यसअघि, आर्थिक वर्ष २०८०/८१ मा ४९ अर्ब ९४ करोड अनुदान लिने लक्ष्य राखिएकोमा २४ अर्ब रुपैयाँ प्राप्त भएको थियो, जसले लक्ष्यको ४९.०८ प्रतिशत पूरा भएको देखाउँछ। यस वर्षको तुलनामा अनुदान प्राप्तिमा २.०४ प्रतिशतले गिरावट आएको मन्त्रालयले जनाएको छ। यस्तै, वैदेशिक ऋणतर्फ पनि सरकारको प्राप्ति दर घटेको छ। २०८१/८२ मा सरकारले २ खर्ब १७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेकोमा १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ मात्र लिन सकेको छ, जुन कुल लक्ष्यको ५७.७८ प्रतिशत हो।

२०८०/८१ मा भने २ खर्ब १२ अर्ब रुपैयाँ ऋण लिने लक्ष्यमा सरकार १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ ऋण लिन सफल भएको थियो, जसले ५९.०७ प्रतिशत लक्ष्य पूरा भएको देखाउँछ। यस आधारमा चालु आवमा ऋण प्राप्ति दर ०.२१ प्रतिशतले घटेको हो।

कुल वैदेशिक सहायता (अनुदान र ऋण) तर्फ हेर्दा, २०८१/८२ मा सरकारको २ खर्ब ६९ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य थियो। तर प्राप्ति १ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित रह्यो, जुन लक्ष्यको ५५.१५ प्रतिशत मात्र हो।

गत आर्थिक वर्षमा भने २ खर्ब ६२ अर्ब रुपैयाँ सहायता प्राप्त गर्ने लक्ष्य थियो, जसमा १ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ प्राप्त भएको थियो। त्यो लक्ष्यको ५६.९८ प्रतिशत हो। यसरी अघिल्लो वर्षको तुलनामा वैदेशिक सहायता प्राप्तिमा ०.४९ प्रतिशतले कमी आएको स्पष्ट देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको