नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै प्रशासनिक सुधारको संकेत दिँदै ठुलो संख्यामा उपसचिवहरूको सरुवा गरेका छन् ।
मन्त्रालयले सोमबार एकैपटक ३० जना उपसचिवहरूलाई विभिन्न विभाग र मातहतका निकायहरूमा जिम्मेवारी हेरफेर गरेको हो । मन्त्री वाग्लेको नेतृत्वमा भएको यो पहिलो ठुलो प्रशासनिक हेरफेरलाई अर्थतन्त्रको गति बढाउने र राजस्व प्रशासनलाई चुस्त बनाउने सरकारी प्रयासका रूपमा हेरिएको छ । सरुवा सूचीअनुसार मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग र ती अन्तर्गतका विभिन्न कार्यालयहरूमा पठाइएको छ। यस्तै, केही उपसचिवहरूलाई संघबाट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस