Like us!
Follow us!
Connect us!
Watch us!

बजेट निर्माण प्रक्रिया सुरु: सहसचिव खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, १६ : ४६ मा प्रकाशित

बजेट निर्माण प्रक्रिया सुरु: सहसचिव खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक तयारी सुरु गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थमन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका हुन्।

समितिमा मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूलाई सदस्यका रूपमा राखिएको छ। बजेट वक्तव्यको मस्यौदा तयार गर्ने, बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्ने तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव दिने उद्देश्यले उच्चस्तरीय समिति बनाइएको अर्थ मन्त्रालयले जनाएको छ। यस्तो समिति गठन गर्नु बजेट निर्माणअघिको नियमित प्रक्रिया हो।

समितिका सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्। समितिलाई आगामी आर्थिक वर्षका आयोजनाहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने, संघीय संसद्मा प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा अर्थमन्त्रीले संसद्मा पेश गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा लेखन गर्ने जिम्मेवारी दिइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको