Like us!
Follow us!
Connect us!
Watch us!

अटो मोबाइल क्षेत्र सबभन्दा सुरक्षित किसिमको व्यवसाय हो - गुरुप्रसाद पौडेल

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १७ : ०१ मा प्रकाशित

अटो मोबाइल क्षेत्र सबभन्दा सुरक्षित किसिमको व्यवसाय हो  - गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सवारीसाधन क्षेत्रलाई अनुत्पादक मानिएको भए त्यसतर्फ २ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह नहुने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले सवारीसाधनलाई अनुत्पादक क्षेत्रको रूपमा कहिल्यै नहेरेको बताएका हुन्।

पौडेलले भने ,‘अटो क्षेत्रका लागी बैंक तथा वित्तीय क्षेत्रले मात्रै कर्जा प्रवाह गर्दैन । अटो क्षेत्रको हायर पर्चेजका लागि राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिदै आएको छ । यसरी, सबै बैंक तथा वित्तीय क्षेत्र र हायर पर्चेज कम्पनीबाट करि २०० अर्ब कर्जा यसमा गएको छ।’

उनले यसरी हेर्दा राष्ट्र बैंकले अटो क्षेत्रलाई अगाडि बढाउन निरन्तर काम गरिरहेको पनि बताए ।

कार्यक्रममा नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलालले अटो मोबाईल क्षेत्रप्रति धारणा बनाउनु अगाडि हामीले यसको सम्भावना र बजार अवस्था कस्तो छ भनेर बुझ्नुपर्ने बताए।

उनले भने,'अटो मोबाइल क्षेत्र सबभन्दा सुरक्षित किसिमको व्यवसाय हो । सबैको घरघरमा यातायातका सवारीसाधन हुनुपर्छ भन्ने कुरा हामीले गर्दै आएका छौं । तीन करोड जनसंख्या रहेकोमा हामी आज सबै गरेर ३ लाख सवारीसाधन हुँदा पनि बढी भएको भन्ने हल्ला गरिरहेका छौं,अहिले अटो क्षेत्रको सबैभन्दा चुनौतीको विषय भनेको लोन टू भ्यालु रेसियो हो । यसलाई सहज बनाउदै जानुपर्ने अवस्था छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको