अष्ट्रेलियामा जारी टप इन्ट टी–२० सिरिज अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पाकिस्तान साहिन्सविरुद्ध खेलिरहेको छ । अष्ट्रेलियामा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको हो ।
आजको खेलमा नेपालको कप्तानी नियमित कप्तान रोहित पौडेलले गर्नेछन् । अघिल्लो खेलमा उनलाई विश्राम दिएर दीपेन्द्रसिंह ऐरीलाई कप्तान बनाइएको थियो । सेमिफाइनलमा स्थान बनाउनका लागि नेपालले आज पाकिस्तान साहिन्सलाई हराउनै पर्ने बाध्यता रहेको छ । गर वा मरको अवस्थाको खेलमा नेपालले आज आफ्नो ‘बेस्ट ११’ उतारेको छ । यसअघिका खेलहरुमा सबै खेलाडीलाई पालैपालो मौका दिएको नेपाले आज पहिलो रोजाईका खेलाडीहरुलाई उतारेको हो ।
आजको खेलमा स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा फर्किएका छन् । यस्तै, गुल्शन झाले पनि स्थान बनाएका छन् । भीम सार्की छुटेका छन् । फास्ट बलिङको मोर्चा सोमपाल कामी र नन्दन यादवले सम्हाल्ने छन् । करण केसीले स्थान बनाउन सकेनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस