Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक वर्षको पहिलो महिनामै सुस्तायो घरजग्गा कारोबार: १४.२३ प्रतिशतले घट्यो, राजश्व पनि खुम्चियो

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, १६ : १५ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो महिनामै सुस्तायो घरजग्गा कारोबार:  १४.२३ प्रतिशतले घट्यो, राजश्व पनि खुम्चियो

चालु आर्थिक वर्षको पहिलो महिनामा देशभर घरजग्गा कारोबारमा १४.२३ प्रतिशतको कमी आएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार, साउन महिनामा ३१ हजार ६२१ वटा जग्गा लिखत पारित भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिमा ४३ हजार ८३५ वटा थियो।

लिखत पारितमा आएको गिरावटले समग्र कारोबार गतिविधिमा गिरावट आएको छ ।

चालु वर्षको साउन महिनामा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ, अघिल्लो वर्षको साउनमा संकलित ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । राजस्वको स्रोत छुट्याउँदा, १ अर्ब ८० करोड रुपैयाँ रजिस्ट्रेसन दस्तुरबाट, १ अर्ब १९ करोड रुपैयाँ पुँजीगत लाभकरबाट र २६ करोड २६ लाख रुपैयाँ सेवा करबाट संकलन भएको देखिन्छ।  काठमाडौं उपत्यका अझै पनि राजस्व संकलनमा अग्रस्थानमा रहेको देखिन्छ। लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा बढी ४३ करोड ४ लाख रुपैयाँ, डिल्लीबजारबाट २६ करोड २ लाख रुपैयाँ, भक्तपुरबाट २३ करोड ६८ लाख रुपैयाँ, कलंकीबाट २१ करोड ३१ लाख रुपैयाँ र चावहिलबाट १७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ।

अन्य उपत्यका क्षेत्रका कार्यालयहरूजस्तै टोखाबाट ४ करोड ७१ लाख, मनमैजुबाट ६ करोड ३४ लाख, साँखुबाट ५ करोड ६० लाख र गोटीखेल, ललितपुरबाट १ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ। उपत्यकाबाहिर हेर्दा, इनरुवा मालपोत (सुनसरी) बाट ८ करोड ७० लाख रुपैयाँ, मोरङबाट ४ करोड ७४ लाख रुपैयाँ, र सिमराबाट ३ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको