Like us!
Follow us!
Connect us!
Watch us!

घरजग्गा कारोबारमा ६ प्रतिशतको वृद्धि, ६ अर्ब २६ करोड बढी राजस्व संकलन

अर्थ संसार

शनिबार, ०२ जेठ २०८३, ०८ : ०० मा प्रकाशित

घरजग्गा कारोबारमा ६ प्रतिशतको वृद्धि, ६ अर्ब २६ करोड बढी राजस्व संकलन

नयाँ वर्ष  २०८३ को पहिलो महिना बैशाखमा घरजग्गा कारोबारमा वृद्धि भएको । यो महिना देशभरको भूमि प्रशासन कार्यालयहरु बाट ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको हो ।

यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा ६.०४ प्रतिशतले बढी हो । चैतमा ५५  हजार ५ सय ३१ संख्यामा घरजग्गा कारोबार भएको थियो । गत वर्ष वैशाख महिनाको तुलनामा यो वर्ष घरजग्गा कारोबार १२.३४  प्रतिशतले बढेको देखिन्छ । गत वैशाखमा देशभर ५२ हजार ४१५ वटा घरजग्गा कारोबार भएको थियो । कारोबारसँगै राजस्वमा पनि वृद्धि भएको छ । चैतमा सरकारले ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलने गरेका थिए भने। वैैशाखमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड ३८ लाख रूपैयाँमा संकलने भएको छ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी सेवा कर, रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । सेवा कर बाट मात्र सरकारले बैशाख महिनामा ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ संकलन गरेका छने, रजिस्ट्रेसन बाट ३३ करोड १९ लाख र पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलान गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको