Like us!
Follow us!
Connect us!
Watch us!

टप इन्ड सिरिजः पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, १७ : २९ मा प्रकाशित

टप इन्ड सिरिजः पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट क्षतिमा १४४ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । पाकिस्तान एक समय ७४ रनमा ७ विकेटको दयनीय अवस्थामा थियो । तर, पुछारका ब्याट्सम्यानहरुले पाकिस्तानलाई खेलमा फर्काए । पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन जोड्यो ।

कप्तान इरफान खानले सर्वाधिक ४२ रन हान्दै टिमको उद्दार गरेका थिए । उनलाई मोहम्मद वसिमले २३ रन बनाएर साथ दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको