Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज पनि ५० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १० : ३८ मा प्रकाशित

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज पनि ५० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज भदौ ८ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

यो  बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन सक्नेछन्। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको