Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी नेपालको हितमा छैन - पूर्वप्रधानमन्त्री खनाल

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १४ : ५६ मा प्रकाशित

एमसीसी नेपालको हितमा छैन - पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको विपरीत रहेको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसी नेपालको हितमा नभएको दाबी गरे। खनालले उक्त सम्झौता अमेरिकी सुरक्षा रणनीतिलाई दक्षिण एसियामा अघि बढाउने माध्यम भएको आशंका व्यक्त गरे।

उनका अनुसार, संसदमा पर्याप्त छलफल विना असामान्य ढंगबाट एमसीसी अनुमोदन गरिएको घटना लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन हो। उनले राजनीतिक दलहरू दोहोरो भूमिका खेलिरहेको आरोप पनि लगाए, जसका कारण विद्यार्थी, युवा र बुद्धिजीवीहरू अनावश्यक रूपमा पीडित बनेको उल्लेख गरे। खनालले एमसीसीले नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य पार्ने खतरा रहेको र यसले भारतीय एकाधिकारलाई बलियो बनाउन सक्ने सम्भावनाबारे पनि चिन्ता व्यक्त गरे। सम्झौता कार्यान्वयनको विषयमा अझै स्पष्टता नभएको भन्दै उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितमा आँच पुग्ने कुनै पनि प्रावधान स्वीकार्य नहुने बताए।

अन्त्यमा, पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको