गत आर्थिक वर्ष २०८१/८२ मा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको पाइएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार, अघिल्लो वर्षमा ५०२ अर्ब ४९ करोडले बचतमा थियो । देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने विदेशी मुद्रा बढी भएकाले शोधनान्तर स्थिति लगातार बचतमा रहँदै आएको छ। चालु आवको पहिलो १० महिनामा पनि शोधनान्तर स्थिति सकारात्मक अर्थात् बचतमै रहेको तथ्यांकले देखाउँछ।
शोधनान्तर स्थिति अमेरिकी डलरमा ४ अर्ब ३७ करोडले बचतमा छ। जुन अघिल्लो वर्षको ३ अर्ब ७७ करोडले बचतमा थियो । चालु खाता पनि यस वर्ष ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ, जबकि अघिल्लो वर्ष यो २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो। खुद पूँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ८१ करोडभन्दा बढी हो। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि १२ अर्ब २ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ४७ करोड मात्र थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस