Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल कर लगाउने देशमाथि थप शुल्क लगाउने चेतावनी : ट्रम्प

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, ०८ : ०९ मा प्रकाशित

डिजिटल कर लगाउने देशमाथि थप शुल्क लगाउने चेतावनी : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीमाथि डिजिटल कर लगाउने देशलाई थप शुल्क (Tariffs) लगाउने चेतावनी दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत ट्रम्पले यस्ता कर तथा नियमावली अमेरिकी प्रविधि कम्पनीलाई लक्षित गरी भेदभावपूर्ण रूपमा ल्याइएका भन्दै ती देशका निर्यातमा "महत्वपूर्ण अतिरिक्त शुल्क" लगाउने र उच्च प्रविधि तथा चिप्सको निर्यातमा प्रतिबन्ध समेत लगाइने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, “डिजिटल कर सम्बन्धी कानुन, नियम वा व्यवस्थाहरू हटाइएन भने ती देशमाथि अमेरिकी निर्यात शुल्क बढाइनेछ । अमेरिका कुनै देशको पिग्गी बैंक वा डोअरम्याट होइन।”

ट्रम्पले यसअघि पनि क्यानाडा र फ्रान्ससँग डिजिटल करसम्बन्धी विवादमा शुल्क लगाउने धम्की दिएका थिए । साथै, उनले आफ्नो वाणिज्य प्रतिनिधिलाई यस विषयमा थप अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

युरोपेली संघ (EU) लगायतका देशहरूले गुगल, फेसबुक, एपल र अमेजन जस्ता ठूला डिजिटल कम्पनीको आम्दानीमा कर लगाउने व्यवस्था गरेका छन् । यस्ता डिजिटल कर अमेरिकासँगको व्यापारिक सम्बन्धमा लामो समयदेखि विवादास्पद बनेको विषय हो ।

रिपोर्ट अनुसार, ट्रम्प प्रशासन युरोपेली संघका अधिकारी तथा सदस्य राष्ट्रका प्रतिनिधिमाथि समेत प्रतिबन्ध लगाउने तयारीमा रहेको छ, जसले डिजिटल सेवासम्बन्धी कानुन कार्यान्वयनमा भूमिका खेलेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको