नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा तरलता व्यवस्थापन गर्नका लागि बजारबा २४६ खर्ब भन्दा बढी रकम प्रशोचन गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट २४६ खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ प्रशोचन गरेको हो ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ मा स्थायी निक्षेप सुविधामार्फत २१५ खर्ब ८ अर्ब ४० करोड र निक्षेप संकलन बोलकबोलमार्फत ३१ खर्ब ४२ अर्ब ९५ करोड गरी उक्त रकम प्रशोचन गरेको हो । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी ओभरनाइट तरलता सुविधामार्फत २ अर्ब ७० करोड तरलता उपयोग गरेका छन् । समीक्षा वर्षमा खुद २४६ खर्ब ४८ अर्ब ६५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो आर्थिक वर्ष राष्ट्र बैंकले खुला बजार कारोबार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरेको थियो । केन्द्रीय बैंकले गत आर्थिक वर्षमा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत प्रणालीको अधिक तरलता खिच्दो ३ प्रतिशत ब्याजदर दिएको छ । चालु आव यस्तो ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाइ २.७५ प्रतिशत कायम भएको छ ।
केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन र ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न प्रणालीको पैसा खिच्ने र पठाउने गर्छ । केन्द्रीय बैंकले प्रणालीमा पैसा पठाउँदा ब्याज आम्दानी हुन्छ भने खिच्दा खर्च हुन्छ । गत आवमा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ८३ करोड खुद खरिद गरी ७ खर्ब ८७ अर्ब तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ८९ करोड खुद खरिद गरी ७ खर्ब ८३ अर्ब ४७ करोड तरलता प्रवाह गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस