Like us!
Follow us!
Connect us!
Watch us!

स्वस्तिक लघुवित्तको आईपीओ कहिलेबाट खुल्दैछ?

अर्थ संसार

विहीबार, १९ असार २०८२, ०८ : ४४ मा प्रकाशित

स्वस्तिक लघुवित्तको आईपीओ कहिलेबाट खुल्दैछ?

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको प्राथमिक सेयर (IPO) निष्काशन यही असार २७ गतेदेखि सुरु गर्न लागेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै प्राथमिक सेयर निष्काशन गर्न लागेको हो।

कसले आवेदन दिन पाउने?

यस चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू मात्र आवेदन दिन योग्य हुनेछन्। उनीहरूको नाममा मात्र सेयर खुल्ला गरिएको हो।

कति कित्ता सेयर निष्काशन हुँदैछ?

स्वस्तिक लघुवित्तले पहिलो चरणमा २३ हजार १ सय कित्ता सेयर निष्काशन गर्नेछ। उक्त सेयरमा आवेदन दिन साउन ९ गते सम्म समय दिइएको छ।

कति कित्ता आवेदन दिन सकिन्छ?

आवेदन गर्दा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक को हो?

यस सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड लाई बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ।

कति प्रतिशत सेयर निष्काशन हुँदैछ?

कम्पनीले जारी पूँजीको ४० प्रतिशत अर्थात २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ, जसको कुल मूल्य २ करोड ३१ लाख रुपैयाँ बराबर हुनेछ।

कहिले अनुमति पाएको हो?

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो। स्वस्तिक लघुवित्तले २०८० माघ २४ गते बोर्डमा निवेदन दिएको थियो, जसको करिब १७ महिनापछि अनुमति पाएको हो।

मधेश प्रदेश कार्यक्षेत्र रहेको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय सिराहा जिल्लामा अवस्थित छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको