Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १० : ३६ मा प्रकाशित

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साताको सेयर कारोबार हुने पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले महंगो भएको छ । आज चाँदी तोलामा २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको