सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयर न्यूनतम मूल्यमा सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
बैंकका संस्थापक सेयरधनी अरुण भगतको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता ११६ रुपैयाँमै र यदुनाथ घिमिरेको स्वामित्वमा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक सेयर प्रतिकित्ता १२० रुपैयाँमै बिक्री खुला गरिएको छ।
यी सेयरहरू सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ। प्रतिकित्ता ११६ रुपैयाँको सेयर किन्न इच्छुकले अबको ३५ दिनभित्र र प्रतिकित्ता १२० रुपैयाँको सेयर किन्न इच्छुकले अबको ७ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस