सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित जय नेपाल सिनेमाजबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले जय नेपाल सिनेमाजमा मुभी टिकेट खरिद गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिइएको बैंकले जनाएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले प्रविधिमैत्री सेवामा आफूलाई अब्बल सावित गर्दै आएको छ । बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ ।
हालसालै बैंकले नवयुवाहरूलाई लक्षित गरी ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । त्यस्तै, फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ र मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन (ASBA) र सी.आर.एन. (CRN) नम्बर लिन सकिने सुविधा पनि थप गरेको बैंकले जनाएको छ । बैंकले नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर’ सुविधा समेत ल्याएको छ, जसमार्फत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।
हाल सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत करिब २० लाख ३९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस