वर्गिकरणः वाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू. १९५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ६१५
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १९०
१८० दिनको भारित औसत मूल्यः रू. २१८.९२
कम्पनीका महत्वपूर्ण अनुपात
व्यवस्थापन समूहः
अध्यक्षः राजेश कुमार श्रेष्ठ
कार्यबाहक प्रमुख कार्यकारी अधिकृतः जिवन भट्राई
प्रधान कार्यालयः पुतलीसडक, काठमाडौं
वेबसाइटः www.centurybank.com.np
शाखाः ८९
स्टक सङ्केतः सिसिविएल
बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)
बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)
महत्वपूर्ण अनुपात
लाभांश विवरण
आधारभूत विश्लेषण
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ बीच तुलना गर्दा
-
चुक्तापूँजीको तुलनामा खुद नाफा ६ दशमलव शून्य ७ प्रतिशतबाट घटेर ४ दशमलव २३ प्रतिशतमा सिमित भएको छ । बैंकको लगानी रू. ४ अर्ब ७७ करोडभन्दा बढी रहेको छ । रिजर्भ कोषमा रू. १ अर्ब ७६ करोड छुट्याएको छ ।
-
दोस्रो त्रैमाससम्ममा रू. ५२ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी रू. ४७ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ ।
-
खुद ब्याज आम्दानी रू. ७६ करोड १ लाख, कर्मचारी खर्च रू. २० करोड ९७ लाख, अन्य सञ्चालन खर्च रू. २० करोड ५६ लाख र सञ्चालन नाफा रू. ३९ करोड २७ लाख रहेको छ ।
-
बैंकको स्थिर सम्पत्ति ४७ प्रतिशतले बढेर रू. ३७ करोड २३ लाख ४२ हजार र अन्य सम्पत्ति ९१ प्रतिशतले बढेर रू. १ अर्ब ८८ करोड २६ लाख पुगेको छ ।
-
सम्भावित जोखिम बापत रकम रू. १८ करोड १९ लाख छुट्याएको छ भने बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९९ प्रतिशत रहेको छ ।
-
पूँजीकोष लागत ८ दशमलव ३१ प्रतिशत र पूँजीकोष पर्याप्तता १८ दशमलव ५४ प्रतिशत रहेको छ ।
-
बैंकले सार्वजनिक गरेको यो आवको दास्रो त्रैमासको वित्तिय विवरण अनुसार तरलता अनुपात २७ दशमलव २८ प्रतिशत, प्रतिसेयर आम्दानी ८ रूपैयाँ ४७ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव ४९ प्रतिशत, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८ सय ३७ रूपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १ सय २२ रूपैयाँ ९३ पैसा रहेको छ । सोमवारको मूल्य नेटवर्थको साढे १ गुणा छ ।
प्राविधिक विश्लेषण
खरीद चापः बैंकको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ३ गुणा बढी भएको छ । सो अवधिसम्म १६ हजार ९३ कित्ता शेयर खरीद र ४ हजार ८ सय ५ कित्ता सेयर विक्री गर्ने माग रहेको थियो ।
सोमवार भएको सेयर कारोबार विवरणः
मैनबत्ती विश्लेषण
६ नोभेम्बर २०१७ ५ फेब्रअरी २०१८
स्ट्याण्डर्ड डेभिएशन
६ नोभेम्बर २०१७ ५ फेब्रअरी २०१८
आरएसआई
६ नोभेम्बर २०१७ ५ फेब्रअरी २०१८
मुभिङ एभरेज
६ नोभेम्बर २०१७ ५ फेब्रअरी २०१८
-
मैनबत्ती विश्लेषणः बैङ्ककोे ५८ दिनको कारोबारमा अन्तिम दिन ह्याम्मर आकृती बनेको छ । यस आकृतिले सेयर मूल्य बुलिशमा रिभर्स हुने सङ्केत गर्दछ । यसको विश्वसनियता समान्य रहेको छ ।
-
आरएसआईः बैंककोे ५८ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (३८ दशमलव ४० स्केल) मा छ । यसले सेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
-
स्ट्याण्डर्ड डेभिएसनः बैंककोे ५८ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।
-
मुभिङ एभरेजः बैंककोे ५८ दिनको कारोबारमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. १ सय ९५ बाट बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू. १ सय ९९ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. १ सय ९१ टेवा पाउन सक्छ ।
प्रतिक्रिया दिनुहोस