म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरिएको छ । युनाइटेड बुधवार भएको खेलमा चौथो श्रेणीको ग्रिम्सबीसँग पेनाल्टी सुटआउटमा १२–११ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारीत समयको खेल २–२ को बराबरी भए पनि खेलको निर्णय पेनाल्टीबाट निकालिएको थियो । जहाँ युनाइटेड पराजित भयो । २–० ले पछि परेको खेलको अन्तिम समयमा युनाइटेडले बराबरी गरेको थियो । चाल्र्स भर्नाम २२ औं र टाइरेल वारेनले ३० औं गोल गर्दै ग्रिम्सबीलाई पहिलो हाफमा २–० ले अघि बढाए ।
दोस्रो हाफमा प्रशिक्षक रुबेन अमोरिमले ब्रुनो फर्नान्डेस, ब्रायन एमबेमो र म्याथाइस डि लिग्टलाई मैदानमा उतारेपछि युनाइटेड खेलमा फर्कियो । तर जित निकाल्न भने सकेन र लिग कपबाट बाहिरियो । एमबेमोले ७५ औं मिनेटमा गोल गरेर टोलिलाई खेलमा फर्काए । खेलको अन्तिम मिनेटमा ह्यारी म्याग्वायरले बराबरी गोल गरे ।
अन्य खेलमा एभर्टनले म्यान्सफिल्ड टाउनलाई २–० ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित ग¥यो । फुलहमले ब्रिस्टल सिटीमाथि २–० को जित निकाल्यो । ब्राइटनले भने ठूलो अन्तरको जित निकाल्ने क्रममा अक्सफोर्ड युनाइटेडलाई ६–० ले पराजित ग¥यो ।
वुल्भ्सले वेस्ट ह्यामलाई ३–२ ले र मिलवालले कोभेन्ट्री सिटीलाई २–१ ले हरायो । स्वान्सीले प्लायमाउथसँग १–१ को बराबरीपछि पेनाल्टीमा ५–३ को जित निकाल्यो । त्यस्तै वेरक्सह्यामले प्रेस्टन नर्थ एन्डलाई ३–२ ले हराउँदै ठूलो नतिजा निकाल्यो। सेफिल्ड वेडनेसडे र लिड्स युनाइटेडको खेल १–१ को बराबरीमा सकिए पनि पेनाल्टीमा सेफिल्ड वेडनेसडे ३–० ले विजयी भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस