नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गर्ने जिम्मा बंगलादेशको हाउलाडार युनुस एण्ड कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, ५ महिनाभित्र सक्ने गरी बंंगलादेशको हवलदार युनुस एण्ड कम्पनीले ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अमेरिकी डलरमा ठेक्का पाएको हो । कम्पनीले सम्पत्ति गुणस्तर परीक्षण सम्बन्धी सम्पूर्ण प्रक्रिया सन् २०२६ को जनवरी महिनाको अन्त्यसम्म सक्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले तेस्रो पटकको प्रयासमा बंगलादेशको कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । यससँगै सो कम्पनीले आगामी ५ महिना भित्रमा नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण प्रतिवेदन तयार पारेर नेपाल राष्ट्र बैंकलाई बुझाउने छ ।
खासगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा प्रवाह गर्नुपूर्व नेपालका ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट अडिट गराउनुपर्ने सर्त राखेको थियो । सो सर्त पुरा गरेपछि मात्रै आईएमएफले नेपाललाई विस्तारित कर्जा प्रदान गर्ने प्रतिवद्धता राखेको थियो ।
त्यसयता, राष्ट्र बैंकलाई पटक-पटक अन्तर्राष्ट्रिय लेखापरीक्षण गराउन दबाब दिँदै आइरहेको थियो । यद्यपी, नेपाल राष्ट्र बैंकले पटक-पटक प्रयास गर्दा समेत सफल हुन सकेको थिएन । सुरुमा भारतीय कम्पनीसँग ठेक्का भएपनि रद्ध भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस