नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सहुलियतपूर्ण कर्जाको बक्यौता ७८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गरिएको यो कर्जा ९४ हजार ९२० जना ऋणीलाई प्रवाह गरिएको हो।
राष्ट्र बैंकको तथ्यांक अनुसार कर्जा लिनेहरूमध्ये सबैभन्दा धेरै हिस्सा कृषि तथा पशुपंक्षी व्यवसायमा छ। जहाँ ३५ हजार ८६१ ऋणीलाई ५७ अर्ब ५५ करोड रुपैयाँ कर्जा दिइएको छ।
त्यस्तै, महिला उद्यमशीलता प्रवर्द्धनका लागि ५७ हजार ६३६ जना महिला उद्यमीले २० अर्ब ९ करोड रुपैयाँ कर्जा लिएका छन्। अन्य शीर्षकहरूमा १ हजार ४२३ ऋणीले १ अर्ब २ करोड रुपैयाँ बराबरको कर्जा लिएका छन्। सहुलियतपूर्ण कर्जाको पहुँच फराकिलो हुँदै गइरहे पनि कर्जाको प्रभावकारी उपयोग र समयमै भुक्तानीको चुनौती कायमै रहेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस