Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद र पूँजी वृद्धिको एजेन्डासहित नेपाल लाइफ इन्भेष्टमेन्टले बोलायो साधारणसभा

अर्थ संसार

मंगलबार, १७ भदौ २०८२, ०९ : ३३ मा प्रकाशित

हकप्रद र पूँजी वृद्धिको एजेन्डासहित नेपाल लाइफ इन्भेष्टमेन्टले बोलायो साधारणसभा

नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकको निर्णयअनुसार सभा असोज ८ गते काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेस होटलमा बिहान साढे ९ बजे हुनेछ।

सभामा विद्यमान अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरिनेछ। यो सँगै सेयरधनीलाई १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने र हकप्रद सेयर जारीपश्चात हुने नयाँ संरचना अनुसार जारी पूँजी तथा चुक्ता पूँजीलाई समेत सोही अनुरूप परिमार्जन गर्ने प्रस्ताव समेत सभामा प्रस्तुत हुनेछ।

यस्तै, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसँगै सोही आवको वित्तीय विवरण पनि पारित गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको