नेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउन अनुमति प्रदान गरेको छ।
कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता सेयर निष्काशन गर्नेछ। यसले कम्पनीको कुल जारी पुँजीको ४० प्रतिशत ओगट्नेछ।
एसवाई प्यानेलको हालको कुल जारी पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस