Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोका बाँकी हकप्रद सेयर लिलामीमा

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, ०८ : ३१ मा प्रकाशित

बरुण हाइड्रोका बाँकी हकप्रद सेयर लिलामीमा

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री हुन बाँकी रहेका हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ।

कम्पनीले हालै आफ्ना सेयरधनीका लागि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। उक्त हकप्रदमा २८ हजार ७५५ जना लगानीकर्ताले आवेदन दिँदा ५१ लाख १९ हजार ७०७ कित्ता सेयर वितरण भएको छ।

तर बाँकी रहेका २ लाख ३८ हजार ४४३ कित्ता सेयर भने बिक्री नभएकाले अब लिलामी प्रक्रियामार्फत लगानीकर्तालाई उपलब्ध गराइने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको