Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १८ : ०१ मा प्रकाशित

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा उपयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता होटल र बैंकबीच सम्पन्न भएको छ।

यस सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकका सबै ग्राहकहरूले होटलका जुनसुकै सेवामा यो छुट सुविधा उपभोग गर्न सक्नेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको