Like us!
Follow us!
Connect us!
Watch us!

शिवश्री हाइड्रोको हकप्रद सेयर आवेदन खुला, असोज ८ सम्म आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, ०७ : ४१ मा प्रकाशित

शिवश्री हाइड्रोको हकप्रद सेयर आवेदन खुला, असोज ८ सम्म आवेदन दिन सकिने

शिवश्री हाइड्रोपावर लिमिटेडले आजदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन खुला गरेको छ। कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हाल कायम चुक्ता पुँजी बराबरको सेयर जारी गरेको हो।

१ करोड ४७ लाखभन्दा बढी हकप्रद सेयर जारी

कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरेको छ। यसअघि, हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। तसर्थ साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी मात्रै यस हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

आवेदन दिने समयसीमा

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ। यस अवधिसम्म लगानीकर्ताले आफ्नो आवेदन पेस गर्न सक्नेछन्।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले सिटिजन्स क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिटिजन्स बैंकका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल र हेटौडा शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।

त्यसका अतिरिक्त, नेपाल धितोपत्र बोर्डले इजाजत दिएको सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट वा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत समेत आवेदन दिन सकिन्छ।

यस हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड नै रहनेछ। शिवश्री हाइड्रोले नेपाल धितोपत्र बोर्डबाट साउन ४ गते औपचारिक स्वीकृति प्राप्त गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको