Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारी सरुवा,दुई कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, ११ : ४३ मा प्रकाशित

राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारी सरुवा,दुई कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल

 नेपाल राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरेको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई सरुवा गरेको हो ।

विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो। राष्ट्र बैंकको सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।

पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ। यस्तै, ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ। सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको