साना तथा मझौला कम्पनीको श्रेणीमा पर्ने गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको छ।नेपाल धितोपत्र बोर्डले जारी गरेको 'साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१' को आधारमा कम्पनीले सेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।
आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सम्झौतापत्रमा श्री गंगा हेल्थ केयर इण्डष्ट्रिजका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने जानकारी दिएको छ।
वि.सं. २०५५ (सन् १९९८) मा गंगा ब्याण्डेज उद्योग प्रालिका रूपमा स्थापना भई हाल गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेड नामक कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ मा आफ्नै उद्योग सञ्चालन गर्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस