Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटीमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १६ : ४३ मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटीमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुसट प्राप्त गर्न सक्नुहुनेछ ।
यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा General Bed-Hospital Admit, Cabin- Hospital Admit, ICU Bed, Ventilator, General Surgery, Orthopedic, Gynecology,Laparoscopic Operation, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T.,Endoscopy / Medicine जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ । यो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनको साथै, डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमासहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको