Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियाका क्रिस लिन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १० : ३६ मा प्रकाशित

अष्ट्रेलियाका क्रिस लिन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । लिनले २९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन् ।

आक्रामक ब्याटिङका लागि चर्चित लिनले अष्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र चार वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् । लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का बनाउने खेलाडी हुन् । उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा समेत खेलिसकेको अनुभव छ ।

टोलीका मालिक स्वतन्त्र प्रताप शाह क्रिस लिन टोलीमा सामेल हुँदा टोली मजबुत बन्नुका साथै एनपीएलको प्रतिष्ठा समेत बढेको बताए । क्रिस लिनले पनि एनपीएलमा खेल्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । साथै उनले नेपाली क्रिकेटप्रेमी र प्रतिभाशाली खेलाडीहरूसँग खेल्दा एनपीएल खेल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको