Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य वृद्धि हुनेक्रम जारी, आज फेरि कीर्तिमानी मूल्यमा पुग्यो

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, ११ : ०२ मा प्रकाशित

सुनको मूल्य वृद्धि हुनेक्रम जारी, आज फेरि कीर्तिमानी मूल्यमा पुग्यो

आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रकर्ड कायम भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज एकैदिन २ हजार ५०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख १० हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सरकारको विलाशीता कर समेत जोड्दा सुनको मूल्य अझै महंगो हुन आउछ । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ४९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको