Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेनको विद्युत् जोड्न निर्माण सुरु हुँदै प्रसारण लाइन

बुधबार, २४ माघ २०७४, ११ : २६ मा प्रकाशित

साञ्जेनको विद्युत् जोड्न निर्माण सुरु हुँदै प्रसारण लाइन

अर्थ संसार, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् जोड्ने तयारीका साथ सान्जेन जलविद्युत् कम्पनीले प्रसारण लाइन निर्माणको काम सुरु गरेको छ ।

प्रसारण लाइन निर्माणको कामलाई एक वर्ष भित्रै सक्ने गरी आवश्यक तयारी गरिएको आयोजनाले जनाएको छ ।

प्रसारण लाइन निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीको काम समेत सकिएको छ ।

विद्युत् उत्पादनअघि नै प्रसारण लाइन बनाइसक्नु पर्ने भएकाले सोही अनुसार काम सुरु भएको हो  ।

कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन निर्माण गरिरहेको छ । दुवै आयोजनाबाट आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

उत्पादित  विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण गर्नुपर्ने छ ।

माथिल्लो सान्जेनदेखि ५.४५ किलोमिटर तथा सान्जेनदेखि करिब २ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने देखिएको छ ।

प्रसारण लाइन निर्माणको लागत करिब रु १७ करोड रहेको छ ।

माथिल्लो सान्जेनको ७० प्रतिशत तथा सान्जेनको ६० प्रतिशत निर्माण पूरा भएको आयोजनाले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको