आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि फोकस ४० योजना अन्तर्गतको इकाइ खरिद आवेदन दिने अवधि थप गरिएको छ। राष्ट्रिय वाणिज्य बैंक प्रवर्द्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो कोषमा लगानीकर्ताले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन्।
यो योजनाअन्तर्गत १० करोड इकाइ बिक्रीको लागि निष्कासन गरिएको हो। जसमा १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ बीजको रुपमा सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको हो। सार्वजनिक निष्कासनको १ प्रतिशत इकाइ योजना व्यवस्थापककै लागि छुट्याइएको छ।
शुरुवातमा आवेदन दिने अवधि भदौ १५ गतेदेखि भदौ २२ गतेसम्मका लागि तोकिएको थियो। तर, पर्याप्त माग नआएको कारणले गर्दा आवेदन अवधि असोज १ गतेसम्म लम्ब्याइएको हो। मागभन्दा बढी आवेदन आएमा भने यसअघि नै निष्कासन बन्द गरिने योजना व्यवस्थापकले जनाएको छ।
इकाइ खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका आस्वा सदस्य कार्यालयहरु मार्फत गर्न सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस