स्वस्तिक एग्रो इन्डस्ट्रीज लिमिटेडले साना तथा मझौला सङ्गठित संस्थाको रूपमा धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ लगायत धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिका अनुसार आवश्यक नियामकीय स्वीकृति प्राप्त गरी निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
निष्काशन प्रक्रियाका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध संचालक सत्य नारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडे नेपालको दुग्ध उत्पादन उद्योगको रुपमा उत्कृष्टता प्रमाणित गर्दै दुग्ध तथा दुग्ध जन्य पदार्थ जस्तै दहि, घ्यू, चकलेट र पनिर लगाएतका अन्य उत्पादन र प्याकेजिङ गर्ने उद्देश्यका साथ स्थापना भएको स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेड नेपालमा एक रुचाइएको नाम बन्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस