Like us!
Follow us!
Connect us!
Watch us!

‘एक दिन पाए खोलानाला फेरिदिन्थेँ’ : प्रचण्डलाई मेयर बालेनको तिखो कटाक्ष, कमेन्टमा ६९ हजार लाइक

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ०८ : ४० मा प्रकाशित

‘एक दिन पाए खोलानाला फेरिदिन्थेँ’ : प्रचण्डलाई मेयर बालेनको तिखो कटाक्ष, कमेन्टमा ६९ हजार लाइक

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालैको फेसबुक स्ट्याटसमा सिधा प्रतिक्रिया दिएका छन्।

प्रचण्डले आइतबार सामाजिक सञ्जालमार्फत सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको टिप्पणी गरेका थिए। उनले जेन्जी पुस्ताले गर्ने भनिएको प्रदर्शन स्वाभाविक भएको भन्दै युवाहरूले सरकारको भ्रष्टाचार र नियन्त्रणकारी कदमविरुद्ध आक्रोश देखाउनु उचित रहेको बताएका थिए।

तर, मेयर शाहले त्यसमा कमेन्ट गर्दै तिखो व्यंग्य प्रहार गरेका छन्। उनले लेखेका छन्, “एकादेशमा टिकटक पनि बन्द थियो, हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिएँ। तर काम हजुरबाट केही भएन। मेरो लागि एक दिन दिएको भए, काठमाडौंका खोलानाला नै फेरिदिन्थेँ।”

प्रचण्ड नेतृत्वको सरकारले समाजमा नकारात्मक असर परेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको प्रसंगलाई सम्झाउँदै बालेनले दिएको यो जवाफ अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा कमाइरहेको छ।

बालेनको उक्त कमेन्टमा हालसम्म करिब ६९ हजारले लाइक गरेका छन्, जसले यो विषयलाई अझै चर्चाको केन्द्रमा पुर्‍याएको छ।

68be46242cc33.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको