Like us!
Follow us!
Connect us!
Watch us!

एकै वर्षमा साढे ८ अर्बको वैदेशिक लगानी भित्रियो, भारतको हिस्सा मात्रै ३२ प्रतिशत

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १४ : २० मा प्रकाशित

एकै वर्षमा साढे ८ अर्बको वैदेशिक लगानी भित्रियो, भारतको हिस्सा मात्रै ३२ प्रतिशत

एक वर्षमा विदेशबाट साढे ८ अर्बको वैदेशिक लगानी मित्रिएको छ । पछिल्लो समय नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्दै गएको र अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ५० करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको हो । 

राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा उक्त रकम बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको हो । यो आव २०७९÷८० को तुलनामा ३६.१ प्रतिशतले वृद्धि भएको हो । सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो ।

नेपालले हालसम्म ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी भित्रिएको केन्द्रीय बैंकको तथ्यांकमा देखिएको छ । सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिएको छ । विदेशी लगानीमध्ये सबैभन्दा धेरै वैदेशिक लगानी आउने देश भारत रहेको छ । हाल भारतबाट मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी नेपाल भित्रिएको छ । जुन कुल वैदेशिक लगानीको ३२.२ प्रतिशत बराबर हो ।

त्यस्तै चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्याण्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात ५.९ प्रतिशत लगानी प्राप्त भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको