साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । जेनजीको आन्दोलनले गर्माको अवस्थामा सेयर बजार परिसूचक ३३.१५ अंकले घटेर २६७५.०९ विन्दुमा पुगेको हो ।
धेरै समय पछि नेप्से परिसूचक २६०० विन्दुमा ओर्लिएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनी सेयर मूल्य भने बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको माकप सेन्सेटिभ इन्डेक्स पनि आज ४.९२ अंकले घटेर ४६२.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४ अर्ब भन्दा केही बढीको कारोबार भएको बजारमा आज भने ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज ३२० कम्पनीका १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर ५९ हजार ७०४ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
सेयर बजार घट्दा पनि हिमस्टार ऊर्जाको सेयर मूल्यमा भने आज पनि सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
नोट : १५ मिनेटको औषत गणनापछि अंकमा तल माथि हुन सक्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस