Like us!
Follow us!
Connect us!
Watch us!

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार,सम्पत्ति शुद्धीकरणको आधार 'कमजोर' भएको ठहर

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १४ : १८ मा प्रकाशित

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार,सम्पत्ति शुद्धीकरणको आधार 'कमजोर' भएको ठहर

विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गरी स्वदेश फर्काउने सरकारको रणनीतिमा इन्टरपोल बाधक बनेको छ। नेपाल प्रहरीको आग्रहका बाबजुद अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले देउवा दम्पतीलाई पक्राउ गर्न अस्वीकार गरेको हो।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको इन्टरपोल शाखाले गत चैतको अन्तिम साता पत्राचार गरेको थियो। तर, नेपालले पेस गरेको अभियोग र प्रमाणको आधार पर्याप्त नभएको भन्दै इन्टरपोल मुख्यालयले उक्त प्रस्तावलाई अगाडि बढाउन नसकिने जानकारी दिएको छ। राजनीतिक प्रतिशोध साध्न खोजिएको भन्दै आलोचना भइरहेका बेला इन्टरपोलले समेत पक्राउ गर्न नमानेपछि सरकारको यो प्रयास असफल भएको हो। सन् १९२३ मा स्थापना भएको इन्टरपोल (अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन) विश्वभरका १९६ देशका प्रहरीहरूबीच समन्वय गर्ने निकाय हो, जसमा नेपाल २०२४ सालमा १००औँ सदस्यको रूपमा जोडिएको थियो। सामान्यतया अपराधजन्य कसुरमा सदस्य राष्ट्रहरूबीच सहकार्य गर्ने यस संगठनले कुनै पनि व्यक्तिको गिरफ्तारीका लागि पर्याप्त प्रमाण र ठोस कानुनी आधार खोज्ने गर्दछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको