नेपाली कांग्रेसको देउवा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। देउवा समूहले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने निर्णय अवैध भएको भन्दै रिट दायर गरेको हो।
यसअघि शनिबार सानेपामा बसेको बैठकले देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालत जाने अधिकार दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्णय उल्ट्याउन माग गर्दै रिट दायर गरिएको हो।
गत पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्दै १३४ सदस्यीय कार्यसमिति चयन गरेको थियो। सर्वोच्च प्रशासनमा रिट दर्ता भएपछि कानुनी प्रक्रिया र नियम अनुसार अध्ययन गरी आवश्यक कदम चालिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस