Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश लागू

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ०८ : ०५ मा प्रकाशित

ललितपुरका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश लागू

ललितपुरका केही क्षेत्रलाई संवेदनशील मान्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जारी गरेको आदेशअनुसार ललितपुर महानगरपालिका–४, १८ र २५ भित्र पर्ने भैंसेपाटी, वडा नं. २ को सानोप इन्द्रायणी मार्ग वरपर र वडा नं. ९ को च्यासल क्षेत्रमा बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको हो।

सोमबार जेन–जी समूहको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको घटनापछि राजधानीसहित देशका विभिन्न स्थानमा तनाव चुलिएको थियो। स्थिति थप बिग्रिन सक्ने आशंकामा मंगलबार पनि सुरक्षा निकायलाई सतर्क बनाइएको छ भने प्रदर्शन हुन सक्ने सम्भावित क्षेत्रमा सुरक्षा बलको उपस्थिति बढाइएको प्रशासनले जनाएको छ।

68bf902f4e030.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको