Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ को तयारी, आज सिडिओहरुको बैठक बस्दै

पत्रपत्रिका

मंगलबार, २७ पुस २०७८, ०८ : ४९ मा प्रकाशित

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ को तयारी, आज सिडिओहरुको बैठक बस्दै

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।

कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको छ ।

त्यस्तै ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसीसी) र गृह मन्त्रालयबाट जारी निर्देशन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस विषयमा आन्तरिक छलफल सुरु भएको बताए । 

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको