नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले सेयर कारोबारको लागि सिस्टम चलाउन जानेलाई आवत जावतमा सहजीकरण गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेकाे छ ।
बाेर्डले बाेर्डबाट इजाजत पत्र प्राप्त गरेका संस्थाहरू मार्फत् अनलाइन काराेबार भइरहेकाे जानकारी गराउँदै अनलाइन सेयर कारोबारको लागि सिस्टम चलाउनेहरु कार्यालय जानुपर्ने भएकोले नेप्से, ब्रोकर र मर्चेन्ट ब्रोकरका बढीमा ३ जना कर्मचारीलाई परिचयपत्रको आधारमा कार्यालय आवत जावतमा सहजीकरण गरिदिन आग्रह गरेकाे हाे ।
बाेर्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस