Like us!
Follow us!
Connect us!
Watch us!

देउवा निवासतर्फ लागेका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १० : ३९ मा प्रकाशित

देउवा निवासतर्फ लागेका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो

जेनजी आन्दोलन दोस्रो दिन झन् उग्र रूप लिएको छ। उपत्यकाभर प्रदर्शनकारीहरूको भिड बढ्दै जाँदा अवस्था नियन्त्रणबाहिर जान थालेको स्पष्ट देखिएको छ।

प्रदर्शनकारीको एक ठूलो समूह कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेको थियो। तर, प्रहरीले उनीहरूलाई कृष्णपाटी चोकमै रोक्ने प्रयास गरेको छ। प्रदर्शनकारीहरूको संख्यामा तीव्र वृद्धि भइरहेको भए पनि सुरक्षाकर्मीको उपस्थिति न्यून देखिएको छ, जसले सुरक्षा चुनौतीलाई अझ जटिल बनाएको छ।

सुरक्षाकर्मीहरूले प्रदर्शन नियन्त्रणमा लिन आंशिक बल प्रयोग गरिरहेका छन्। तर, प्रदर्शनकारीहरूको संख्यात्मक दबाबले गर्दा सुरक्षा निकायलाई अवस्था नियन्त्रणमा लिन कठिन भइरहेको देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको