संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा भइसकेका घटनाप्रति गहिरो दुःख प्रकट गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्स (Twitter) मार्फत् उनले नेपालमा भएको ज्यानहानिप्रति दुःख व्यक्त गर्दै हिंसा थप बढ्न नदिन संवाद र संयम आवश्यक रहेको उल्लेख गरेका छन्। ‘नेपालको अवस्थालाई नजिकबाट हेरेको छु, जीवनको क्षतिप्रति म निकै दुःखी छु,’ गुटेरेसले भनेका छन्।
उनले घटनाबारे गहन छानबिन गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार कानूनको पालना गर्न राज्य संयन्त्रलाई आह्वान गरेका छन्। साथै, प्रदर्शनहरू शान्तिपूर्ण ढंगले सञ्चालन भई जीवन र सम्पत्तिको सम्मान हुनुपर्नेमा उनले जोड दिएका छन्।
I'm closely following the situation in Nepal & I'm deeply saddened by the loss of life.
— António Guterres (@antonioguterres) September 9, 2025
I urge a thorough investigation, restraint to avoid further escalation of violence & dialogue towards forging a constructive path forward.
I call on the authorities to comply with human…
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस