Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे, भारत र चीन तटस्थ

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, ०७ : ४८ मा प्रकाशित

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे, भारत र चीन तटस्थ

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेकाे छ ।

रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएकाे मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भाेट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएकाे हाे ।

राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनकाे पक्षमा मतदान गरेकाे थियाे । परिषद्‍मा ४७ देश सदस्य छन् । 

यसअघि राष्ट्रसंघकाे सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्‍मा नेपाल छैन । सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन् ।

राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए ।  त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको