Like us!
Follow us!
Connect us!
Watch us!

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट रुस निलम्बित, मतदानमा नेपाल अनुपस्थित

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०६ : ०३ मा प्रकाशित

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट रुस निलम्बित, मतदानमा नेपाल अनुपस्थित

रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । संयुक्त राष्ट्र स‌ंघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा  ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए । नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको