रसुवाको धुन्चेस्थित कारागारबाट ९८ जना कैदीबन्दी एकैपटक भागेका छन् । कैदीबन्दीहरूले रिहाइको माग गर्दै निरन्तर हड़ताल गरिरहेका बेला नियन्त्रणमा लिन खोज्दा सबैजना कारागार तोडेर बाहिर निस्किएका हुन् ।
कारागारको सुरक्षामा प्रहरी र नेपाली सेना दुवै खटिएको भए पनि उनीहरू भागेर फरार भए । धुन्चे कारागारमा ९८ जना कैदीबन्दी रहेका थिए। सबै कैदी फरार भएपछि सुरक्षा निकायले आसपासका क्षेत्रमा खोजतलास कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस