पृथ्वीको सबैभन्दा राम्रो शासन व्यवस्था भनेको नै गणतन्त्र हो । गणतन्त्र भनेको संविधान, ऐन र कानुनभित्र रहेर जनताबाट जनताका लागि जनताले नै शासन गर्ने व्यवस्था हुँदै हो । तर हाम्रो नेपालका नेताले गणतन्त्रलाई आफ्नो प्रा.लि. नै बनाएका थिए ।
नेतानेता मिलेर गणतन्त्रलाई बाँदरका हातमा नरिवल हो भन्ने सावित गरिदिए । यिनैले गणतन्त्र भनेको लुटी खाने सिद्धान्त हो भन्ने पाठ पढाइदिए । यिनीहरूले गणतन्त्रकै नाउँमा देशलाई हरिकङ्गाल पनि बनाइदिए । अन्तत: यिनले गणतन्त्रको नै बेइज्जत गरिदिए
गणतान्त्रिकले जनतालाई दास ठान्थे । उनीहरू आफैँ राजा थिए । उनीहरूको हुकुमले शासन चल्थ्यो । उनीहरूका मुखमा ऐन थियो, कानुन थियो र सरकारी छाप थियो ।
गणतान्त्रिकले नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई पनि निमोठनामोठ पारेका थिए ।
गणतान्त्रिकले पृथ्वीनारायण शाहलाई झन्नै खाएका थिए, महेन्द्रलाई पनि मार्न खोजेकै थिए अनि वीपी र पुष्पलालको सिद्धान्त पनि चिहानसम्म नै पुर्याएका थिए ।
गणतान्त्रिकको न देशप्रतिको मोह थियो र न यिनीहरू सिद्धान्तकार नै थिए ।
भारतीय मदनमोहन मालवीयले काशी हिन्दू विश्वविद्यालय स्थापना गरेपछि भनेका थिए- 'यस विश्वविद्यालयमा मेरा रगतलाई जागिर नदिनु ।' तर नेपालका गणतान्त्रिक भन्थे- 'मै खाउँ, मै लाउँ र उब्रेपाब्रेको खाने मेरा नातेदार छन्, मेरा झोले छन् र मेरा पाउका खुरहरू छन् ।'
गणतान्त्रिकको धारणा थियो- मेरो शेषपछि मेरा रगतले शासन गर्छन् । अनि खप्रओका सन्तान थिएनन् त्यसैले उनी भन्थे- मेरा सालासाली छैनन् कि क्या हो ? गणतान्त्रिक नेताहरू पारिवारिक रूपमा मात्र केन्द्रित थिए । अनि यिनीसित अरू जति थिए- तिनीहरू चाहिँ विचौलिया र ठेक्कापट्टा गर्ने मात्र थिए ।
गणतान्त्रिकले हाम्रो स्वाभिमानी, इज्जतदार र वैभवशाली देशलाई पृथ्वीकै दरिद्र, तन्नम र दु:खी राष्ट्रमा परिणत गर्ने अभ्यास मात्र गरिरहे ।
यी देशद्रोहीका हातमा अब कहिले पनि शासनको साँचोताला नपरोस् । सकेसम्म यिनीहरू मुलुकबाटै पलायन हुन् । यिनीहरू यदि देशमा नै बस्छन् भने- यिनीहरूले चुनावमा भाग लिनबाटै बञ्चित चाहिँ हुनु परोस् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस