जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दी कारागारको गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ।
गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ जना कैदीबन्दी घाइते भएका छन् । बिहीबार बिहान कारागारभित्र रहेका कैदीबन्दीहरूले सामूहिक रूपमा मुल गेट तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरेका थिए। नेपाली सेनाका अनुसार, कैदीहरू जबरजस्ती गेटको ताला फोडेर बाहिर निस्कन थालेपछि परिस्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर गोली चलाउनु परेको हो।
गोली लागेर तीन जना कैदीको घटनास्थलमै मृत्यु भएको छ। घाइते भएका १५ जना कैदीहरूलाई उपचारका लागि रामेछाप अस्पतालमा भर्ना गरिएको छ। घटनापछि कारागार क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चारै तर्फ कडाइका साथ सुरक्षा घेरा हालेका छन्। हाल कारागारको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
रामेछाप नगरपालिका–८, रामेछाप बजारस्थित सो कारागारको क्षमता ५० जना भए पनि हाल तीन सयजना कैदीबन्दीहरू विभिन्न अपराधमा सजाय भोगिरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस