वर्षाले प्रभावित पहिलो टि ट्वान्टी खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । कार्डिफमा ढिला सुरुवातका कारण खेल ९ ओभरमा सीमित भएको थियो । दक्षिण अफ्रिकाले ७.५ ओभरमै ५ विकेट गुमाएर ९७ बनायो । तर त्यसपछि फेरि पानी पर्न आयो । इंग्ल्यान्डलाई संशोधित लक्ष्यका रुपमा ५ ओभरमा ६९ रन दिइयो । सुरुदेखि आक्रामक हुन बाध्य इंग्ल्यान्ड ५ ओभरमा ५ विकेट गुमाउँदै ५४ रोकियो । दक्षिण अफ्रिकी कोर्बिन बोस्च र मार्को जान्सेनले समान २ विकेट लिए ।
फिल साल्ट पहिलो बलमै आउट भए, याकब बेटेल ७ रनमा र कप्तान ह्यारी ब्रुक बिना रनमै आउट भएपछि इंग्ल्यान्डको शीर्षक्रम ध्वस्त भयो ।
त्यसपछि जोस बटलरले ११ बलमा ३ छक्कासहित २५ रन बनाएर सम्भावना जगाए । साम करनले एक छक्का प्रहार गरेर आशा जगाए पनि अन्ततः पाहुना टोलीले सहज जित निकाल्यो ।
यसअघि, ढिलो निर्णयका कारण जोफ्रा आर्चरको सट्टा लुक वुडले खेल खेले र पहिलो ओभरमै रायन रिकेलटनलाई आउट गरे । कप्तान एडेन मार्करामले १४ बलमा २८ रन बनाए । डेवाल्ड ब्रेभिसले १० बलमा २३ रनको आकर्षक पारी खेले तर साम करनकै पहिलो बलमा आउट भए । डोनोभन फेरेराले भने ११ बलमा अविजित २५ रन बनाए । ३ खेलको सिरिज अन्तर्गतको दोस्रो खेल शुक्रवार ओल्ड ट्राफर्डमा हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस